के तपाईंलाई कम्मर वा गर्दन दुख्ने समस्या छ?

कम्मर वा गर्दन दुख्नु भनेको के हो ?

कम्मर वा गर्दन दुख्नु कुनै रोग नभएर अरु रोगको कारण आउने लक्षण हो ।

कुन – कुन रोगले गर्दा कम्मर वा गर्दन दुख्छ ?

कम्मर वा गर्दन दुख्नुमा मेरुदण्ड, मांसपेसी र नसा (स्पाइनल नर्भ) को महत्वपूर्ण भूमिका हुन्छ। यी कुनै पनि भागमा समस्या हुँदा कम्मर वा गर्दन दुख्ने हुन्छ।

मांसपेशीको समस्या

  • कम्मर वा गर्दनको मांसपेशीमा आउने खराबी
  • कम्मर वा गर्दन दुख्ने

हड्डीको समस्या

  • डिजेनेरेटिभ चेन्ज (हड्डी खिइने समस्या)
  • स्पाइनल बाथ
  • मेरुदण्ड बाङ्गिने समस्या
  • मेरुदण्ड कडा हुने जस्ता समस्या

नसाका कारण

  • डिजेनेरेटिभ – मेरुदण्डको बीचमा रहेको डिस्कमा आउने समस्या
  • डिस्क डिजिज र डिस्क प्रोल्याप्सका कारण मेरुदण्डको भित्रबाट निस्कने नसाको जरा – नर्भ रुटमा दबाब पर्दा
  • मेरुदण्ड र यसको वरिपरिका अंगमा हुने संक्रमण
  • ट्युमर,
  • दीर्घ कब्जियत
  • ग्यास्ट्राइटिस
  • महिलामा पाठेघरको समस्या
  • मृगौला र त्यससँग सम्बन्धित अरु अंगहरुमा समस्या

यसका मुख्य कारणहरु के–के हुन् ?

  • खराब आसन
  • खराब जीवनशैली
  • मेरुदण्डको अत्याधिक प्रयोग

के समस्या हो भनेर कसरी पत्ता लगाउन सकिन्छ ?

चिकित्सकले क्लिनिकल्ली जाँच गरेपछि नसाको समस्या पत्ता लगाउन सकिन्छ। क्लिनिकल्ली जाँच गर्दा, कम्मर वा गर्दनमा आउने दुखाइको प्रकृति, सहायक लक्षण र शारीरिक जाँचमा देखिने चिह्न कुन समस्याका कारण आउने दुखाइ हो भन्ने कुरा थाहा हुन्छ। त्यसलाई निश्चित गर्नका लागि एक्स–रे, एमआरआई र केही रक्त परीक्षण पनि गर्ने गरिन्छ।

उपचार

अत्यधिक दुखाइ छ भने दुखाइ कम गर्ने औषधि बाहेक प्राकृतिक चिकित्साका विविध थेरापी, अकुपंचर, अकुप्रेसर, फिजियोथेरापी र आयुर्वेदिक थेरापीबाट जुनसुकै समस्याका कारण आउने कम्मर वा गर्दन दुखाइको उपचार गर्न सकिन्छ।

यी थेरापीहरु कति समय गर्नुपर्ने हुन्छ ?

दुखाइको अवस्था, कारण अनुसारले फरक हुन्छ। सामान्यतया १० दिनदेखि ३० दिनसम्मको उपचारले निको पार्न सकिन्छ।

के सबैलाई निको हुन्छ ?

समस्याको कारण अनुसार फरक हुन्छ। प्राकृतिक तरिकाले उपचारका साथै आसनमा सुधार, नियमित व्यायाम, फिजियोथेरापिस्टले सिकाएको र चिकित्सकले भनेबमोजिम आराम गर्ने गरेमा कम्मर वा गर्दनको दुखाइ सधैंभरिका लागि व्यवस्थापन गर्न सकिन्छ।