कुन कुन रोगका कारणले गर्दा टाउको दुख्छ?
टाउको दुख्छ ?
टाउको दुख्नु कुनै रोग नभएर अरु रोगको कारण आउने लक्षण हो। सामान्य दुखाइ देखि सहनै नसक्ने जुनसुकै अवस्थालाई पनि टाउको दुखाइ नै भनिन्छ।
कुन रोगका कारण टाउको दुख्यो भनेर कसरी थाहा पाउने? टाउको दुख्ने प्रकार, प्रकृति र दुखाइको भाग अनुसार सामान्यतया निदान गर्न सकिन्छ।
मुख्यतया कुन–कुन रोगको कारण टाउको दुख्छ ?
माइग्रेन
- एकातिर मात्र टाउको दुख्छ।
- केही घण्टा वा दिनको फरकमा टाउको दुख्छ र केही घण्टा वा दिनपछि आफै ठीक हुन्छ, फेरि त्यही क्रम दोहोरिन्छ।
- केहीले घोचे जस्तो प्रकारले अत्याधिक दुख्छ।
- वाक् वाक् लाग्ने वा बान्ता हुने हुन्छ।
- उज्यालो, आवाज, गन्ध, भीड जस्ता चिजले दुखाइ बढ्ने हुन्छ।
- महिलामा बढी यो समस्या हुन्छ।
उपचार
- आधुनिक उपचार विधि (औषधीले) निको बनाउन सकिँदैन।
- अकुपंचर, अकुप्रेसर र प्राकृतिक चिकित्साको विविध विधिबाट पूर्ण निको बनाउन सकिन्छ।
कति समय उपचार गराउनु पर्छ ?
१० दिनदेखि ३० दिनसम्म उपचार गर्नुपर्ने हुन्छ।
पिनास
- निधार र नाकको भाग बढी दुख्छ।
- नाक बन्द हुने र सुक्खा हुने गर्छ।
- नाकबाट सिँगान बगिरहने रहाच्छिउँ आउने हुनसक्छ।
- धेरै समस्या भए गन्ध थाहा नपाउने हुनसक्छ।
उपचार
प्राकृतिक चिकित्सा र अकुपंचरको संयुक्त प्रयोगबाट पूर्ण रुपमा उपचार गर्न सकिन्छ।
के–के कुरामा सावधानी अपनाउनु पर्छ?
- चिसो, दही, माछा, पुरानो अचार, गुन्द्रुक, तामा जस्ता खाना नखाने,
- अनुहारमा वाफ लिने र
- समयमै उपचार गर्ने।
क्लस्टर हेडएक
- अत्याधिक टाउको दुखाइ हुन्छ।
- १५ मिनेटदेखि ३ घण्टासम्म दुखाइ रहन्छ।
- राति बढी दुख्छ।
- प्रायः दैनिक दुख्छ।
- एकातिरको कन्चट वा आँखाको वरिपरि बढी दुख्छ।
- आँखा रातो हुने र सिगान बग्ने हुन्छ।
- पुरुषलाई बढी हुन्छ।
- २०–४० वर्ष उमेर समूहलाई बढी हुन्छ।
- आँखा बाहिर निस्केजस्तो हुन्छ।
- धुम्रपान मद्यपानले दुखाई बढाउँछ।
उपचार
- अकुपंचर, अकुप्रेसर, प्राकृतिक चिकित्साका विधिहरूबाट पूर्ण रुपमा निको बनाउन सकिन्छ।
- २०–३० दिनसम्म उपचार गर्नुपर्छ।
टेन्सन
- पूरै टाउको दुख्ने वा दुवैतिर दुख्ने हुन्छ।
- धेरै मान्छेलाई हुन्छ ।
- केहीले थिचेजस्तो, कडा भएजस्तो दुख्छ।
- जतिखेर पनि दुख्न सक्छ, जति समयसम्म पनि दुख्न सक्छ।
उपचार
- अकुपंचर, अकुप्रेसर, प्राकृतिक चिकित्साका विधिहरूबाट पूर्ण रुपमा निको बनाउन सकिन्छ।
- २०–३० दिनसम्म उपचार गर्नुपर्छ।
सेकेन्डरी हेडएक
टाउको वरिपरिका अंगमा हुने संक्रमण, चोटपटक, अवुध रोग र गर्दनमा हड्डी खिइएर सेकेन्डरी हेडएक हुन्छ । जस्तैः कानको संक्रमण, आँखाको समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर आदि ।