मोटोपनको कारण आउने समस्याहरु

मोटोपन

आवश्यकभन्दा बढी बोसे तन्तु भएर तौल बढ्नुलाई मोटोपन भनिन्छ। स्वास्थ्य विज्ञानका अनुसार व्यक्तिको तौल औसतभन्दा २० प्रतिशत बढी भई स्वास्थ्यमा प्रतिकूल असर पार्छ भने त्यसलाई मोटोपन भनिन्छ।

मोटोपनका कारण

  • खानामा क्यालोरी बढी हुनु
  • शारीरिक व्यायामको कमी
  • वंशानुगत, हर्मोन, मेटाबोलिक डिसअर्डर, डिप्रेसन आदि।

मोटोपनका कारण आउने समस्या

  • सुन्दरता कम हुनु
  • उमेरभन्दा बढी देखिनु
  • उच्च रक्तचाप
  • मुटुको समस्या (हृदयाघात)
  • मधुमेह, क्यान्सर
  • कम्मर दुख्ने
  • घँुडा दुख्ने
  • दम
  • पित्तथैलीमा पत्थरी
  • घुर्ने समस्या
  • हर्नियाँ
  • डिप्रेसन

मोटोपनको उपचार

  • व्यवस्थित आहार
  • व्यायाम
  • मसाज
  • सौना
  • शरीर शुद्धीकरण