नसा च्याप्पीएको बिना अप्रेसन उपचार

नसा च्याप्पिएको भनेको के हो?

गर्दन वा कम्मरको मेरुदण्डको बीचमा रहेको डिस्क बल्ज, प्रोटुसन एक्सट्रुसन वा स्पोडिलोलेस्यिोसिस हुँदै मेरुदण्डको साइडबाट निस्किने, नसामा दबाब पर्दा कम्मर वा गर्दन दुख्नु र त्यो दुखाइ खुट्टा वा हातसम्म जाने, झम्झमाउने, निदाउने जस्ता लक्षण देखिने अवस्थालाई नसा च्याप्पिएको भनिन्छ।

उपचार कसरी हुन्छ ?

  • फिजियोथेरापी,
  • अकुपंचर र
  • प्राकृतिक चिकित्सा तथा आयुर्वेदिक थेरापीको संयुक्त प्रयोगबाट पूर्णतया आराम मिल्छ।

एकसाथ गर्दा बिनाअपरेसन निको हुने सम्भावना ८५ % हुन्छ।

कसरी च्याप्पिन्छ नसा ?

  • डिस्क खिइएर र
  • डिस्क प्रोल्याप्स भएर

कसलाई च्याप्पिन्छ नसा ?

  • जुनसुकै उमेरका व्यक्ति,
  • लामो समयसम्म एउटै आसनमा बसेर काम गर्ने व्यक्ति,
  • धेरै समयसम्म अगाडि झुकेर काम गर्ने व्यक्ति,
  • धेरै समयसम्म उभिने, जर्की मुभमेन्ट गर्ने व्यक्ति र
  • गर्भवती महिला, मोटोपन भएका मानिस र हिल बढी भएको जुत्ता लगाउने व्यक्ति

के–के कुरामा सावधानी अपनाउनुपर्छ ?

  • नियमित कसरत गर्ने,
  • आसनमा सुधार गर्ने,
  • सीधा अगाडि नझुक्ने,
  • खोक्दा, हाच्छिउँ गर्दा कम्मर समात्ने,
  • बाइक चलाउँदा र गाडी चढ्दा बेल्टको प्रयोग गर्ने,
  • पलेँटी कसेर नबस्ने र
  • मोटोपना कम गर्ने,
  • हिल जुत्ता प्रयोग नगर्ने