कुमको जोर्नी दुख्ने र चलाउन गार्हो हुने गर्दछ?
कुम जाम भनेको के हो?
कुमकोे जोर्निमा भएको झिल्लीमा आएको परिवर्तन वा झिल्ली बाक्लो, मोटो वा झिल्लीमा सुजन भई जोर्नी कडा तथा कसिएर कुम को जोर्नी चलाउन नसक्ने र दुख्ने अवस्थालाइ कुम जाम भनिन्छ ।
कुम जामका अवस्थाहरु
पहिलो अवस्था
कुमको दुखाई बढ्दै जाने र विस्तारै चलाउन गार्हो हुन्छ । यो ६ हप्ता देखि ९ महिना सम्म रहन्छ।
दोस्रो अवस्था
यस अवस्थामा दुखाई कम हुन सक्छ तर कडापन चाहिँ रहिरहन्छ । यो ४ देखि ६ महिनासम्म रहन सक्छ । यस अवस्थामा दैनिक क्रियाकलापमा कठिनाई हुन्छ ।
तेस्रो अवस्था
यस अवस्थामा पुरै निको पनि हुन सक्छ अथवा पहिले भन्दा केही सुधार आउँछ । यो सुधार आउन ६ महिना देखी २ वर्ष सम्म लाग्न सक्छ ।
कारणहरु
- कुमको हड्रडी खिइएर
- झिल्लीमा सुजन
- चोटपटक


कस्ता व्यक्तिलाई कुम जाम बढी हुन्छ?
- मधुमेह भएको व्यक्तिहरु
- थाइरोडिज्म भएको व्यक्तिहरु
- लामो समयसम्म कुमको जोर्नि नचलाई राखेको व्यक्तिहरु
उपचार
- फिजियोथेरापी
- प्राकृतिक उपचार
- अकुपंचर
- आयुर्वेद
