प्यारालाइसिसको उपचार सम्भव छ

प्यारालाइसिस भनेको के हो?

शरीरको कुनै भाग नचल्ने वा कमजोर हुने अवस्थालाई प्यारालाइसिस भनिन्छ।

मुख्यतः प्यारालाइसिस कुन–कुन भागमा हुन्छ ?

  • शरीरको एकापट्टिको भाग नचल्नु Hemiplegia
  • एउटा भाग हातखुट्टा नचल्नु Monoplegia
  • कम्मरदेखि तलको भाग नचल्नु Paraplegia
  • चार हातखुट्टा नै नचल्नु Quadriplegia
  • अनुहारको भाग नचल्नु Facial Palsy
  • शरीरको कुनै पनि भागमा प्यारालाइसिस हुनसक्छ

उपचार कसरी हुनसक्छ ?

  • फिजियोथेरापी
  • अकुपंचर
  • प्राकृतिक चिकित्साको प्रयोगबाट प्यारालाइसिसको उपचार गर्न सकिन्छ

कति समय लाग्छ उपचारका लागि ?

  • उपचारका लागि महिनादेखि ३ महिनासम्म लाग्न सक्छ। रोगको अवस्था र कारण हेरेर पूर्ण वा आंशिक रुपमा ठीक हुन्छ। प्यारालाइसिसका मुख्य कारण के–के हुन् ?

प्यारालाइसिसका मुख्य कारण के–के हुन् ?

  • मुख्यतया जानिने प्यारालाइसिस हेमिप्लेजियाको प्रमुख कारण भनेको मस्तिष्कघात हो। मस्तिष्कमा रक्त सञ्चार गर्ने रक्तनली फुटेर हुने (हेमरेज) वा रक्तनली बन्द भएर हुने रक्त सञ्चारको कमी (इस्केमिया) को कारण मस्तिष्कघातले शरीरको एकापट्टि नचल्ने हुन्छ। यसप्रकारको प्यारालाइसिस आम व्यक्तिले बुझ्ने प्यारालाइसिस हो ।
  • कम्मरदेखि तलको भाग नचल्ने प्यारालाइसिसको मुख्य कारण स्पाइनल कर्डको चोटपटक वा संक्रमण हो ।
  • शरीरको सबै भागमा हुने प्यारालाइसिसको (Quadriplegia) प्रमुख कारण भनेको भाइरल संक्रमण (GBS) हो।
  • मुखको पक्षघातको (Facialpalsy) प्रमुख कारण अनुहारमा आउने नसामा दबाब पर्नु वा अवरोध हुनु हो।
  • यी मुख्य कारण बाहेक प्यारालाइसिस भएको भाग अनुसार फरक–फरक कारण हुनसक्छ।

सावधानी

  • उच्च रक्तचापलाई नियन्त्रण गर्ने
  • मधुमेहको समयमै उपचार गर्ने
  • मोटोपनलाई घटाउने
  • तनाव कम गर्ने र
  • शरीरको कुनै भाग कमजोर भए वा नचल्ने भए तुरुन्तै चिकित्सकलाई देखाउने